मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार प्रदेश बागमती प्रदेश

शाली नदीमा सुरु भयो एकमहिने स्वस्थानी व्रतकथा [फोटो फिचर]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ माघ, २०८१ मा प्रकाशित
शाली नदीमा सुरु भयो एकमहिने स्वस्थानी व्रतकथा [फोटो फिचर]
काठमाडौं, माघ १ :

आजदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ ।

वैदिक सत्य सनातन परम्पराअनुसार आफ्ना वरपरका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रुपमा लिने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिनामा नेपालका विभिन्न शक्तिपीठको पूजाआरधना गरिन्छ ।

सतीदेवीको अंगपतन भएका शक्तिपीठहरुमा विशेष मेला लाग्छ । आजबाट काठमाडौंको शालीनदीमा स्नान गरी स्वस्थानी व्रतकथा प्रारम्भ गर्नेहरुको उल्लेख्य घुइँचो छ । हिजो (आइतबार) देखि नै व्रतालुहरु शालीनदीमा पुगेर जाग्रम बसेर बिहानै स्नान गरी स्वस्थानी व्रत प्रारम्भ गरेका छन् ।

पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत प्रारम्भ गरिन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा आराधना गरिन्छ ।

बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।

हेरौं स्नान र पूजाका लागि शालिनदी पुगेका भक्तजनका थप तस्बिर :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार