सक्रिय न्यूज संवाददाता
मंगलबार, २ माघ, २०८१ मा
प्रकाशित
काठमाडौं, माघ २ :
नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ एउटै चाडपर्वलाई विभिन्न समुदायले फरक फरक ढंगले मनाउने गर्दछन् । यसको ज्वलन्त उदाहरणको रुपमा माघे सङ्क्रान्ति जस्ता पर्वहरुलाई लिन सकिन्छ ।
एकै नामको पर्वलाई यहाँ भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ।माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ ।
यसै सन्दर्भमा काठमाडौंको वसन्तपुरमा थारु समुदायहरुले धुमधामका साथ माघी पर्व मनाएका छन् । युवा युवतीहरु मौलिक बाजागाजा सहित आ- आफ्नो भेषभुषामा सजिएर आएका थिए । त्यहाँको माहोल निकै रमाइलो देखिन्थ्यो । यस पर्वलाई थारु समुदायले नयाँ वर्ष रुपमा मान्ने गर्दछन् ।
हेरौं थप तस्बिर :
तस्बिरहरु : न्युज एजेन्सी नेपाल
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।