बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार राजनीति

‘बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
‘बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ’
चितवन, माघ ४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

चितवनको माडी नगरपालिका १, वनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष दाहालले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेष रुपले सोच्नुपर्ने बताए । ‘बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अलि विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु,’ उनले भने, ‘मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु ।’

उनले बोटे समुदायको प्रगति भएको पनि दाबी गरे । ‘तपाईंहरु जो नदीको तिरमा बसेर डुंगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईंहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ,’ उनले भने ।

चितवनको माडी नगरपालिका १, बडुवामा रहेको सोमेश्वर माविको स्वर्णजयन्तीको उद्घाटनका लागि माडी पुगेका दाहाललाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।

बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष दाहालले बोटे समुदायको सांस्कृतिक घर बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार