
नेप्से ओरालो लागेको छ । अघिल्लो दिन एक दशमलव ८३ अंकले उकालो लागेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने सात दशमलव ३३ अंकले घटेर २५ सय ८८ दशमलव ६२ अंकमा झरेको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले घटेर चार सय ३६ दशमलव ६२ अंकमा झरेको छ । नेप्सेमा आज २९६ कम्पनीको ७० हजार ६३४ पटकको कारोबारमा एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता सेयर खरिद बिक्री भए । जसअनुसार कुल कारोबार रकम पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँच समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव १७ अंकले घटेर १३ सय ४५ दशमलव ५४ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ४८ दशमलव १७ अंकले घटेर पाँच हजार तीन सय ७८ दशमलव ५५ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक एक सय ४४ दशमलव ६१ अंकले घटेर २६ सय ३९ दशमलव ९६ अंकमा झरेको छ भने जीवन बिमा समूहको सूचक ७७ दशमलव ५९ अंकले घटेर १२ हजार पाँच सय ७३ दशमलव १२ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक आठ दशमलव ४१ अंकले घटेर १२ हजार चार सय २४ दशमलव शून्य दुई अंकमा झरेको छ ।
होटेल तथा पर्यटन, लगानी र लघुवित्त समूहको सूचक पनि क्रमशः १५ दशमलव ३०, शून्य दशमलव ५८ र २७ दशमलव १३ अंकले घटेका छन् । जलविद्युत समूहको सूचक भने दुई दशमलव ६६ अंकले बढेर तीन हजार ६ सय ६९ दशमलव ७७ अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक ६३ दशमलव ७७ अंकले बढेर ६ हजार सात सय २१ दशमलव ८७ अंकमा चढेको छ ।
यसैगरी सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः शून्य दशमलव १३, ६ दशमलव १२ र ८८ दशमलव २६ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बोटर्लस नेपाल बालाजु लिमिटेड परेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पोखरा फाइनान्स परेको छ । यसैगरी सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सिन्धु विकास बैंक परेको छ ।