
महालक्ष्मी विकास बैंकले रिकरिङ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बचत मै मुद्दती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउन्ट सञ्चालनमा ल्याएको हो ।
खाताअन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् जसबाट एक वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् ।
अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्तीपश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाताजस्तो धेरै रकम पनि नचाहिने, मात्र ५०० रुपैयाँबाट समेत सुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षा-दीक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न सहज हुने भएकाले ग्राहकलाई उत्तम खाता हुने बैंकले जनाएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।