मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार विदेश

इरानको सर्वोच्च अदालतबाहिर २ न्यायाधीशको गोली हानी हत्या

· शनिबार, ६ माघ, २०८१ मा प्रकाशित
इरानको सर्वोच्च अदालतबाहिर २ न्यायाधीशको गोली हानी हत्या
काठमाडौं, माघ ६ :

इरानको सरकारी सञ्चारमाध्यमले देशको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको जनाएको छ ।

‘इरानको सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको छ,’ त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

आक्रमणमा अर्का न्यायाधीश र एक अंगरक्षक पनि घाइते भएको स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले समाचारमा जनाएको छ ।

गोलीबारीलगत्तै अज्ञात आक्रमणकारीले आफैंलाई पनि गोली हानेको समाचारमा जनाइएको छ ।

आक्रमणको उद्देश्य के थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

तर मारिएका दुवै न्यायाधीश ८० र ९० को दशकमा इस्लामिक शासनका विरोधीहरूको उत्पीडन र हत्यामा आफ्नो भूमिकाका लागि परिचित थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार