बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

विनिमय दर : अमेरिकी डलरको मूल्य स्थिर, अन्यको कस्तो छ ?

सक्रिय न्यूज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
विनिमय दर : अमेरिकी डलरको मूल्य स्थिर, अन्यको कस्तो छ ?
काठमाडौँ, माघ ७ :

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जस अनुसार अमेरिकी डलरको मूल्य आज पनि शनिबारकै मूल्य कायम छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम छ। 

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा छ भने, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ९६ पैसा र बिक्रीदर ९६ रुपियाँ ३८ पैसा पुगेको छ ।

सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।

आज स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा कायम गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार