
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जस अनुसार अमेरिकी डलरको मूल्य आज पनि शनिबारकै मूल्य कायम छ ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम छ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा छ भने, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ९६ पैसा र बिक्रीदर ९६ रुपियाँ ३८ पैसा पुगेको छ ।
सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।
आज स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा कायम गरिएको छ।