
सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से १२ दशमलव ५८ अंकले बढेर २६ सय एक दशमलव २१ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले बढेर चार सय ३९ दशमलव शून्य चार अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २५ कम्पनीको ७२ हजार पाँच सय ४० पटकको कारोबारमा एक करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहहरुको सेयर कारोबार भएकामा तीनवटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ३७ अंकले बढेर १३ सय ४८ दशमलव ९१ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ११ दशमलव शून्य एक अंकले बढेर पाँच हजार तीन सय ८९ दशमलव ५६ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक ६१ दशमलव ३८ अंकले बढेर २७ सय एक दशमलव ३५ अंकमा पुगेको छ । जलविद्युत समूहको सूचक १४ दशमलव ८२ अंकले बढेर तीन हजार ६ सय ८४ दशमलव ६० अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय १५ दशमलव २४ अंकले बढेर १२ हजार ६ सय ८८ दशमलव ३६ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक ७९ दशमलव ३० अंकले बढेर १२ हजार पाँच सय तीन दशमलव ३३ अंकमा पुगेको छ ।
यसैगरी लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव ३७, एक सय ७३ दशमलव पाँच, १३ दशमलव ७८ र पाँच दशमलव ८६ अंकले बढेका छन् । होटेल तथा पर्यटन, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक भने आज क्रमशः पाँच दशमलव ३८, शून्य दशमलव शून्य नौ र पाँच दशमलव ९१ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बोटलर्स नेपाल बालाजु लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सुपरमादी हाइड्रोपावर कम्पनी लिमिटेड छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा आज एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।