काठमाडौं, माघ ७ :

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन सुरु गरेको छ ।

प्राधिकरणको टोलीले आइतबार काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयनजिक रहेका भवनहरु भत्काउन सुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनुपरेको प्राधिकरणको भनाइ छ ।

भवन भत्काउने क्रममा स्थानीयले केहीबेर अवरोध गरेका थिए । मापदण्डविपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

धोबिखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।