
नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि निरन्तरता पाएको छ । अघिल्लो १२ दशमलव ५८ अंकले बढेको नेप्से आज पनि ६ दशमलव ७८ अंकले बढेर २६ सय सात दशमलव ९९ अंकमा पुगेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १० अंकले बढेर चार सय ३९ दशमलव १४ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३११ कम्पनीको ७४ हजार चार सय तीनपटकको कारोबारमा एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण कुल कारोबार रकम ६ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकोमा पाँच समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ८० अंकले घटेर १३ सय ४६ दशमलव ११ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ३२ दशमलव ४६ अंकले घटेर पाँच हजार तीन सय ५७ दशमलव १० अंकमा झरेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि ६८ दशमलव ५३ अंकले घटेर २६ सय ३२ दशमलव ८१ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक एक दशमलव शून्य सात अंकले घटेर ३६ सय ८३ दशमलव ५३ अंकमा झरेको छ । लघुवित्त समूहको सूचक भने दुई दशमलव १२ अंकले घटेको छ ।
जीवन बिमा समूहको सूचक भने आज (सोमबार) पाँच दशमलव ३५ अंकले बढेर १२ हजार ६ सय ९३ दशमलव ७२ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक २८ दशमलव ८० अंकले बढेर १२ हजार पाँच सय ३२ दशमलव १४ अंकमा चढेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः सात दशमलव ९९, शून्य दशमलव ६०, एक सय १६ दशमलव ४९, शून्य दशमलव शून्य एक, ४० दशमलव ८६ र ४६ दशमलव ८५ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा मिथिला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सूचीमा विन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने रिभर फल्स पावर लिमिटेड परेको छ ।