
अमेरिकी राष्ट्रपति ट्रम्पले ४७ औं राष्ट्रपतिको रुपमा शपथ लिएका छन् ।
राजधानी वासिङटन डीसीमा आज(सोमबार) आयोजित विशेष समारोहमा उनलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराएका हुन् । ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो।
शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरुसहित सर्वसाधारण सहभागीता थियो ।शपथपछि सम्बोधन गर्दै ट्रम्पले भने, "आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ।"
‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु।’उनले भने कि अमेरिकाको सार्वभौमसत्ता पुनर्स्थापित हुनेछ, सुरक्षा पुनर्स्थापित हुनेछ र न्यायको सन्तुलन पुनर्स्थापित हुनेछ।
ट्रम्पले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोग अन्त्य गरिने पनि बताए।उनले भने, ‘हाम्रो सर्वोच्च प्राथमिकता स्वाभिमान, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण मुलुक निर्माण गर्ने हो ।
डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका छन् ।उनले आज अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए ।ट्रम्पले अवैध प्रवेशलाई तुरुन्तै रोकिने र सरकारले लाखौं "अपराधी आप्रवासी" लाई आफ्नो देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए।