
काठमाडौं, माघ ९ :
उत्तर-पश्चिमी टर्कीको एक स्की रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । मंगलबार बिहान सबेरै भएको आगलागीमा ५१ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।
आगलागी हुँदा रिसोटभित्र २३४ जना पाहुना बसिरहेका थिए। आगलागीको कारण खुल्न सकेको छैन ।घटनाको बारेमा अनुसन्धान थालिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।