
सोलुखुम्बु, माघ १० :
थुलुङ दूधकोशी गाउँपालिका- ६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी- २ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि स्वास्थ्य अवस्था जटिल भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत उपचारका लागि काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए।
आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको जानकारी आफूलाई प्राप्त भएको उनले बताए ।