
वीरेन्द्रनगर, माघ १० :
जनमोर्चाले संघीयताविरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । देशमा संघीयता जनताको माग र आवश्यकताका आधारमा नआएको भन्दै खारेजीको मागसँगै आगामी चैत्र २४ देखि ३० सम्म काठमाडौंमा आन्दोलन गर्न लागेको हो ।
वीरेन्द्रनगरमा बुधबार पत्रकार सम्मेलन गरी जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले विदेशी शक्तिको दबाबमा ल्याएको संघीयता नेपालले धान्न बताए । संघीयताका कारण देशमा राष्ट्रिय विखण्डन हुने र जातीय वैमनस्यता बढेर गएको उनको दावी छ ।
संघीयता कार्यान्वयनमा भइरहेको खर्चबाट शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सकिने शर्माको तर्क गरे । अहिले प्रादेशिक संरचनामा खर्च भइरहेको ठुलो धनराशी देशका लागि अनावश्यक आर्थिक बोझ भएको जनमोर्चाको ठहर छ ।