शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार विदेश

टर्कीको स्की रिसोर्टमा आगलागी : मृतकको संख्या ७६ पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
टर्कीको स्की रिसोर्टमा आगलागी : मृतकको संख्या ७६ पुग्यो
अंकरा, माघ १० :

उत्तर-पश्चिमी टर्कीको प्रसिद्ध एक स्की रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

टर्कीको गृह मन्त्रालयका अनुसार आगलागी मृत्यु भएका सबैको पहिचान अझै खुल्न बाँकी छ ।

टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको जनाएका छन् । घाइतेमध्ये एकजना आईसीयूमा उपचाररत छन् । यसबाहेक १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

यो आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको बीबीसीले समाचारमा जनाएको छ ।

टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेहरूमा रिसोर्टका मालिकसमेत छन् ।

आगो कहिले सुरु भयो ?
बोलुको १२ तले ग्रान्ड कार्टल होटेलमा मंगलबार स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी भएको थियो । होटेलमा २३४ जना बसिरहेका थिए ।

बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तर-पश्चिममा अवस्थित छ ।

स्थानीय रिपोर्टका अनुसार तापक्रम अत्यन्तै कम भएकाले दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लाग्यो ।

आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार