शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

संसदमा रास्वपाका हरि ढकालले बोल्दाबोल्दै माइक काटिएपछि बिपक्षीहरुको विरोध

बैठक केहीबेर अवरुद्ध
· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
संसदमा रास्वपाका हरि ढकालले बोल्दाबोल्दै माइक काटिएपछि बिपक्षीहरुको विरोध
काठमाडौँ, साउन ३० :

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका केही सांसदले बोल्दाबोल्दै विद्युत् अवरुद्ध भएपछि त्यसको विरोध गर्नुभएको छ । 

 बैठकको आकस्मिक समयमासांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै विरोध जनाउनुभयो । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उहाँले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गर्नुभएको थियो ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गर्नुभयो ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गर्नुभयो । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ । 

त्यसअघि, सभामुख देवराज घिमिरेले आफूहरुले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढङ्गले सञ्चालनमा सघाउन सांसदहरुसँग अनुरोध गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार