
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, माघ ११ :
चन्द्रागिरि नगरपालिका २, नागढुंगाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १५० ग्रामसहित भारत घर भएका ३७ वर्षीय गोविन्द बालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००६ ख ४७९६ नम्बरको बसमा यात्रारत उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा चन्द्रागिरि नगरपालिका ११ बस्ने २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका ११ बस्ने ३८ वर्षीय विनोद तामाङको समेत संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई बा.५१ प ७५५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।