नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राज्यले खेलाडीहरुको निम्ति जति गर्नुपर्थ्यो त्यति गर्न नसकेको बताएका छन् ।सभापति कप फुटबलको बिहीबार उद्घाटनका क्रममा नेता बस्नेतले राज्यले खेलाडीहरुको भविष्य सुनिश्चित हुने खालको निर्णय गर्नुपर्ने बताए ।
सीमित स्रोत साधनकाबीचमा पनि खेलाडीहरुले राम्रो नतिजा ल्याएको उनको भनाइ थियो ।खेलाडीहरुको भविष्यको चिन्ता गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सके खेल क्षेत्रमा थुप्रै अन्तर्राष्ट्रिय पदक भित्र्याउन सक्ने उनको विश्वास थियो ।
कांग्रेस, एमाले, माओवादीलगायत कुनै पनि सरकारले खेलकुद र खेलाडीलाई महत्त्व नदिएको बताए । देश विकासका लागि महत्त्वपूर्ण आधार खेल क्षेत्र भएको उनले बताए ।
खेल क्षेत्रमा भविष्य नदेखेरै कतिपय राम्रा खेलाडीहरु पनि विदेश पलायन भएको प्रसंग उल्लेख गर्दै उनले ती खेलाडीहरुलाई पुनः फर्काउने प्रयास राज्यले गर्नुपर्ने बताए ।