काठमाडौं, माघ ११ :

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुआत गरेको छ ।

बुटवलको डी क्राउन इनमा आज (बिहीबार) आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमान्डुले एक हजारभन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गर्दै तीन लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ ।

कम्पनीले हालै ʻवानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ । जसले किराना तथा अन्य उपभोग्य वस्तुहरुको तुरुन्त डेलिभरी गर्दछ ।

बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा फुडमान्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले आफ्नो विचार राख्दै भने, ‘हामी फुडमान्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित छौं । अब बुटवलवासीहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नुहुनेछ । हामी बुटवल र आसपासका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्न  निकै उत्सुक छौं ।’

त्यसैगरी कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले आफ्नो विचार राख्दै भने, ‘बुटवलमा फुडमान्डुको सेवा विस्तार गर्नु हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो । पार्टनर रेस्टुरेन्टहरूको बलियो सञ्जाल र गुणस्तरीय सेवाप्रति प्रतिबद्धतासहित हामी बुटवलका बासिन्दालाई उत्कृष्ट फुड डेलिभरी अनुभव प्रदान गर्न उत्साहित छौं ।’

फुडमान्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरिसकेको छ। यी रेस्टुरेन्टमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैनामैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ । रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजनाअनुसार बुटवलवासीले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।

बुटवल लन्चको खुसीयालीमा फुडमान्डुले ‘HiButwal’ प्रोमो कोड सार्वजनिक गरेको छ । यो प्रोमो कोडमार्फत बुटवलका ग्राहकले फुडमान्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३० प्रतिशत (अधिकतम २५० रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर माघ महिनाभरका लागि लागु हुनेछ ।