शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्न महानगरले दिएन अनुमति

महानगरले देखायो धुलाम्मे चक्रपथ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ माघ, २०८१ मा प्रकाशित
चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्न महानगरले दिएन अनुमति
काठमाडौं, माघ ११ :

चिनियाँ दूतावासले नयाँ वर्षको कार्यक्रम ठमेलमा गर्न मागेको अनुमतिलाई काठमाडौं महानगरले अस्वीकार गरेको छ ।

चिनियाँ दूतावासले ठमेल क्षेत्रमा जनवरी २९ देखि सुरु हुने चिनियाँ नयाँ वर्षमा एक महिने विशेष कार्यक्रम गर्न अनुमति मागेको थियो । 

महानगरले अस्वीकार गर्दै धुलाम्मे चक्रपथमा कार्यक्रम गर्न ठाउँ देखाएको बुझिएको छ । चक्रपथ विस्तारको काम चीन सरकारले नै गरिरहेको छ । समयमै निर्माण सम्पन्न नहुँदा धुलाम्मे सडकमा हिँडिसक्नु छैन ।

सडकको अवस्था देखेर पैदलयात्रीले महानगरलाई गाली गर्न थालेपछि उसले त्यसमा आफ्नो संलग्नता नभएको देखाउन बोर्ड नै टाँगेको थियो ।

महानगरले सूचना लेखेर बोर्ड नै टाँसेपछि सडक विभागले त्यसलाई हटाएको थियो । कलंकी-महाराजगन्ज सडक विस्तारको काम नेपाल सरकार र चिनियाँ निर्माण कम्पनीले सुस्त गतिमा गरिरहेको छ । सडक विस्तारमा ढिलाइ भएपछि चौतर्फी आलोचना भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार