बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

महिला टी- २० विश्वकप : नेपालले आज मलेसियासँग खेल्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
महिला टी- २० विश्वकप : नेपालले आज मलेसियासँग खेल्दै
काठमाडौँ, माघ १२ :

आईसीसी १९ वर्षमुनिको महिला टी- २० विश्वकप अन्तर्गत नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ ।

मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजेदेखि खेल शुरु हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।

नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल, बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार