माघ १३ :

हमासले आज (शनिबार) चार जना बन्दीलाई रिहा गर्नेको नाम सार्वजनिक गरेको छ। 

हमासका अनुसार सेनाहरू करिना, अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड रिहा हुने भएका छन्।

इजरायलले पनि त्यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ। पहिलाे आदानप्रदानमा तीन बन्दी र इजरायली जेलबाट ९० जना छाडिएकाे थियाे ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्ध विरामसँगै रोकिएको हो।

 गत आइतबार इजरायलमा युद्ध विराम लागू भए यता यो दोस्रो पटक बन्दी रिहा हुन लागेकाे इजरायली सञ्चार माध्यमलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

युद्धमा इजरायलले गरेको आक्रमणका कारण करिब ४७ हजार मानिसले ज्यान गुमाएका थिए ।

शनिबार रिहा हुन लागेका तीन इजरायली गाजा सीमामा रहेको र उनीहरूलाई हमासका बन्दुकधारीले नियन्त्रणमा लिएर हात पछाडि बाँधेर लिएर गएको फुटेज सार्वजनिक गरेको थियो।

हमासले आगामी पाँच हप्तामा रिहा हुने बाँकी २६ बन्धकहरूको बारेमा जनि जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।