बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति लुम्बिनी प्रदेश

माओवादी अध्यक्ष दाहाल भन्छन्- अब पनि नपखालिए जनताको विश्वास जित्न सकिन्नँ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
माओवादी अध्यक्ष दाहाल भन्छन्-  अब पनि नपखालिए जनताको विश्वास जित्न सकिन्नँ
दाङ, माघ १३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले आफूलाई पखाल्नैपर्ने अवस्था आएको बताएका छन् ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले माओवादीलाई धूलोमैलो लागेको र त्यो अब पखाल्नैपर्ने बताएका हुन् ।

 जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै दाहालले धूलोमैलो नपखाली जनताको विश्वास जित्न नसकिने बताए ।

२०८४ को चुनावमा पनि विगतको माओवादीलाई नभई सुध्रिएको माओवादीलाई भोट मागेको उनले बताए । जनताले धेरै अपेक्षा गरेको र त्यत्रो बलिदानीबाट आएको पार्टीमा हालसम्म केही न केही धूलोमैलो र दाग लागेको उनले स्वीकारे गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार