शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
खेलकुद क्रिकेट

महिला पीएम कप : एपीएफले उचाल्यो उपाधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
महिला पीएम कप : एपीएफले उचाल्यो उपाधि
काठमाडौं, माघ १३ :

प्रधानमन्त्री कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले उचालेको छ । फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

फाप्ला मैदान धनगढीमा शनिबार खराब मौसमका कारण ढिला गरी सुरु भएको प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा ६७ रन बनाएर अलआउट भयो ।

सुदूरका लागि मनीषा बोहोराले २३ बलमा १७ रनको नटआउट पारि खेलिन् । उनले ३ चौका प्रहार गरिन् । यसैगरी कप्तान विन्दु रावलले २४ बलमा १७ रन बनाउँदा २ चौका हिर्काइन् । रेवती धामी र रितु कनौजिया ७ रनमा रनआउट भइन् । अन्य ब्याटरको प्रदर्शन बिर्सनलायक रह्यो ।

एपीएफका लागि कविता जोशीले ३ विकेट लिँदा सबनम राई र इन्दु बर्माले दुई-दुई विकेट लिए । यसैगरी करुणा भण्डारीले १ विकेट लिइन् ।

६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो । एपीएफलाई जिताउन ममता चौधरीले ४३ बलमा ४३ रनको नटआउट पारि खेलिन् । उनले ५ चौका प्रहार गरिन् । यस्तै, कप्तान इन्दु बर्माले २० बलमा १८ रनको नटआउट पारि खेल्दा २ चौका प्रहार गरिन् । राजमति ऐरी ४ रनमा रनआउट भइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार