सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार कोसी प्रदेश

पाथीभरा क्षेत्रमा तनाव : प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ६ जना सख्त घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
पाथीभरा क्षेत्रमा तनाव : प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ६ जना सख्त घाइते
ताप्लेजुङ, माघ १४ :

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच आइतबार पनि झडप भएको छ । झडपमा क्रममा दुवै तर्फका गरी दर्जनौं घाइते भएका छन् ।

आन्दोलनकारी तर्फ ५५ जना घाइते भएको दाबी गरिएको छ । प्रहरीको गोली लागेर सख्त घाइते भएका दुईजना आन्दोलनकारीलाई विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको छ । आन्दोलनकारीतर्फ चारजना सख्त घाइते छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरीतर्फ २० जना घाइते भएका छन् । जसमध्ये प्रहरी कमान्डर (प्रहरी निरीक्षक) रोहित शर्मा सख्त घाइते भएका छन् ।

उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रजिअ शर्माले बताए । प्रहरीले फायर खोलेपछि आन्दोलनकारीहरू खुकुरी तथा घरेलु हतियार लिएर प्रतिकारमा उत्रेका थिए ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउन हुँदैन भन्ने पक्षधर र प्रहरीबीच काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा झडप भएको हो । शनिबार पनि पटक-पटक झडप भएको थियो । केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि त्यहाँ विरोध सुरु भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार