मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार बागमती प्रदेश

पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

· शुक्रबार, १२ साउन, २०८१ मा प्रकाशित
पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

रामेछाप, साउन ११ : रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा विमानकी छोरी १८ वर्षीय सिता तामाङ, विमानका छिमेकीहरू पेमा तामाङकी छोरी वर्ष १५ की आशिका दोङ, पदम तामाङकी छोरी वर्ष १३ की लक्ष्मी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो । तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको गोकुलगंगा गाउँपालिका–६ का फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो । लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति पुर्याउने गरी आएको र उक्त घरमा रहेका तीन जनालाई पुरेको जनकारी पाउन साथ स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भए पनि घर भित्र पुरिएकालाई जीवितै उद्धार गर्न नसकिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो । पहिरोमा पुरिएका तीन जना किशोरीहरूको लास गयराती नै निकालिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार