शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कर्णाली प्रदेश

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु
जुम्ला, माघ १५ :

सिञ्जा गाउँपालिकाको गाउँको जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

सिञ्जा गाउँपालिका वडा नम्बर १ जाँचका ८१ वर्षीय भद्दे रावलको आगलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनको मृत्यु भएको हो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार