
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ताका लागि फाइल तयार भएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा आइतबार रुपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए लगत्तै लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ताको तयारी भएको हो ।
चितवनको सहारा सहकारी ठगीमा प्रहरीले अनुसन्धान सकेर पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलमा बुझाइसकेको छ।
फाइल तयार भइसकेको हुँदा केही दिनभित्रै अभियोजन दर्ता गरिसक्ने तयारीमा आफूहरु रहेको चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बताए बताए । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीको राय छ।
बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउनुपर्ने प्रहरीको राय छ। जसमध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ।
रवि लामिछाने अहिलेसम्म कास्की, काठमाडौं र रुपन्देही अदालतमा गरी धरौटी बापत २ करोड २५ लाख रुपैयाँ बुझाइसकेका छन् । धरौटी बुझाएका कारण उनले हिरासत बाहिरै बसेर मुद्दा लड्न पाएका छन् । चितवनसँगै पर्सा पनि उनीविरुद्ध सहकारी ठगीको निवेदन परेको छ ।
र याे पनि…
रुपन्देहीमा पनि रवि कसुरदार : १ करोड धरौटीमा छुटे