बुटवल, माघ १४ :

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । 

लामिछानेले १ करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाएका हुन् । आइतबार सकिएको थुनछेक बहसपछि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । रूपन्देहीका न्यायाधीश प्रह्ललादकुमार योगीको इजलासले यस्तो आदेश दिएको हो ।

कास्की र काठमाडौंले जस्तै रुपन्देहीले पनि प्राप्त प्रमाणका आधारमा लामिछाने ‘कसुर नगरेको मनासिव आधार नदेखिएको’ भन्ने आधार देखाई धरौटी मागेको हो ।

लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । योसँगै लामिछानेले कास्की, काठमाडौं र रुपन्देहीमा धरौटीबापत २ करोड २५ लाख रुपैयाँ बुझाएका छन् । लामिछानेविरुद्ध चितवन र पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायता विषयमा मुद्दा दायरको तयारी भएको छ ।

यो पनि...
रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश

धरौटीमा छुट्न रविले अहिलेसम्म २ करोड २५ लाख जुटाउनुपर्‍यो