
प्रतीकात्मक तस्बिर ।
कैलाली, माघ १५ :
धनगढी उपमहानगरपालिका ३, भन्सार नजिकबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नाइट्राभेट ६ ट्याबलेट र स्पास ८ ट्याबलेटसहित डडेल्धुरा अजयमेरू गाउँपालिका ३, भद्रपुरका २२ वर्षीय जनक पन्तलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पन्तलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।