सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार कोसी प्रदेश

प्रजिअलाई गाली गर्ने ‘नो केबलकार समूह’का प्रदीप मादेन पक्राउ, यातायात सेवा प्रभावित

प्रदर्शनकारीको आह्वानमा ताप्लेजुङ बन्दको घोषणा, सवारीसाधन आवागमन प्रभावित हुँदा सर्वसाधारणलाई सास्ती
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
प्रजिअलाई गाली गर्ने ‘नो केबलकार समूह’का प्रदीप मादेन पक्राउ, यातायात सेवा प्रभावित
ताप्लेजुङ, माघ १६ :

‘नो केबलकार समूह’का प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्रप्रसाद शर्मालाई गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा मादेनलाई मंगलबार बिहान पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्द आह्वानको अगुवा गरेका मादेनलाई प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट पक्राउ गरेको हो ।

पाथीभरामा भएको झडपमा मादेनले आन्दोलनकारीको नेतृत्व गरेको प्रहरीको आरोप छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पाथिभरा क्षेत्रको बलुडाँडामा सोमबार केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । त्यसबखत प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते भएका थिए ।

केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालीन बन्द घोषणा गरेको छ । बन्दका कारण यातायात प्रभावित बन्न पुगेको छ । योसँगै सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार