शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
राजनीति

संसद्‌लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : महेश बर्तौला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
संसद्‌लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : महेश बर्तौला
काठमाडौं, माघ १६ :

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्‍लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताए । बैठकले संसद् सञ्चालनको मिति हेरफेर गरिएको उनको भनाइ छ ।

उनले अहिलेको सरकारले संसद्‌लाई बिजनेस दिने र संसद्‌बाट कानुन निर्माण गर्ने कुरामा तीव्रता दिने दाबी गरे । संसद्‌लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभविक रहेको प्रमुख सचेतक बर्तौलाको भनाइ छ ।

‘संसद्‌को बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूची त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरु संसद्‌मा पेस हुनेछन् । २५ गते पनि बैठक हुनेछ । २७,२८,२९ गते बैठक हुनेछ,’ उनले भने, ‘संसद्‌लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पार्लियामेन्ट्री कमिटीहरुको बैठकमा कोरम पुर्‍याउने सन्दर्भमा भन्ने कुरा उठाउनुभयो । संसद् र संसदीय समितिमा सत्ता पक्ष महत्त्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भूमिका निर्वाह गर्नुपर्छ ।’

प्रमुख सचेतक बर्तौलाले संसद् र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने धारणा पनि राखे ।

यो पनि…

यस्तो छ संसद्को हिउँदे अधिवेशनको पाक्षिक कार्यतालिका
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार