
सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दुई कार्यदिन लगातार घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने २४ दशमलव ५० अंकले बढेर २६ सय ५७ दशमलव ७७ अंकमा पुगेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १९ अंकले बढेर चार सय ४४ दशमलव ७२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २५ कम्पनीको ९५ हजार ९७ पटकको कारोबारमा एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसले कुल कारोबार रकम नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन अंकले बढेर १३ सय ३४ दशमलव २२ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक दुई सय २९ दशमलव ७८ अंकले बढेर पाँच हजार आठ सय ६४ दशमलव ५२ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक ४७ दशमलव ६२ अंकले बढेर २५ सय ७४ दशमलव ७८ अंकमा पुगेकामा जलविद्युत् समूहको सूचक ५६ दशमलव शून्य तीन अंकले बढेर तीन हजार सात सय ९५ दशमलव ५६ अंकमा पुगेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक ११ दशमलव १६ अंकले बढेर १२ हजार आठ सय ५९ दशमलव ७८ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक ३५ दशमलव ८९ अंकले बढेर १२ हजार ६ सय ५२ दशमलव ४१ अंकमा पुगेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ४६ दशमलव शून्य पाँच, एक दशमलव शून्य तीन, ८६ दशमलव ८०, २३ दशमलव ८७, शून्य दशमलव शून्य दुई, ३५ दशमलव ७६ र १० दशमलव ६५ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा दोल्ती हाइड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ ।