बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र बैंक/बीमा

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले खिच्यो ३० अर्ब रुपैयाँ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले खिच्यो ३० अर्ब रुपैयाँ
काठमाडौं, माघ १६ :

अधिक तरलता नियन्त्रणमा नआएपछि नेपाल राष्ट्र बैंकले मंगलबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिचेको छ ।

कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले यस दिन मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचेको हो ।

राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्ममा बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा रकम खिचिएको हो । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति फागुन छ तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गरेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोका रुपमा समेत राख्ने सकिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार