
आवासीय चिकित्सकहरूले आफूहरुको आन्दोलनलाई जारी राखेका छन् । बुधबार उनीहरूले काठमाडौंको माइतीघर मण्डल र देशभरका विभिन्न अस्पतालमा अगाडि विरोध प्रदर्शन गरेका छन् ।
चिकित्सकलाई दिने निर्वाह भत्ताबारे भएको निर्णय विरूद्ध उनीहरु धर्ना, घेराउ लगायतका कार्यक्रम हुँदै सडक आन्दोलनमा उत्रिएका हुन् ।सरकारले तोकेको मासिक भत्तालाई लिएर आवासीय चिकित्सकहरु आन्दोलित भएका हुन् ।
निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय भएसँगै चिकित्सकहरू विरोधमा उत्रिएका हुन् ।सम्झौता बमोजिम मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागु गर्नुपर्ने थियो तर, सरकारले त्यसलाई कार्यान्वयन नगरेको उनीहरुको भनाइछ ।
आयोगका सहअध्यक्ष समेत रहेको स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले मंगलबार निर्वाह भत्ता तोकेका थिए ।निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आफूहरुको विरोध जारी रहने उनीहरुले बताएका छन् ।
निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका हुन् । विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले २४ घण्टे चेतावनी दिएका थिए । उनीहरूले उक्त निर्ण फिर्ता नलिए अत्यावश्यक बाहेकका सबै सेवाहरू बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
र यो पनि…
आवासीय चिकित्सकद्वारा चिकित्सा शिक्षा आयोग घेराउ, सरकारीसरह तलबको माग