शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने
काठमाडौं, माघ १७ :

समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने  निर्णय गरेको छ । 

नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा  बुधबार बसेको मोर्चाको बैठकले भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।

नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मोर्चाले चैतको पहिलो हप्तामा मधेशमा जनसभा आयोजना गर्ने भएको छ । सरकारविरुद्ध सशक्त ढगले प्रस्तुत हुन विपक्षी दलहरुको मोर्चा बनेको हो ।

बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी देखिएकोसमेत निष्कर्ष निकालेको छ ।

 मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीलाई भित्र्याउन छलफल अघि बढाउने ,समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेश प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिएको छ ।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् । यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने पछिल्लो समय मोर्चाबाट अलग बसेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार