काठमाडौँ, माघ २० :

त्रिदेशीय महिला टी- २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज (शनिबार) थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै छ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

अस्ति भएको पहिलो शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । हिजो भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।

त्रिदेशीय टी- २० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र नेपाल खेल्नेछन् । 

लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।