कञ्चनपुर, माघ २० :

भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोकनजिक कांग्रेस नगर सभापति अच्युत कलौनीको शव फेला परेको हो।

सडकपेटीमा घोप्टो परेको अवस्थामा शनिबार बिहान कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । 

मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

यसैबीच कलौनीको शव पोस्टमार्टम गर्नका लागि फरेन्सिक विज्ञ टोली मगाइएको छ। भेरी अस्पतालबाट फरेन्सिक विज्ञ टोली मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।  कलौनीको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पालमा राखिएको छ।