शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

सहकारीमा रकम बचत गर्नेहरूको ग्यारेन्टी हुनुपर्छ : सभापति देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
सहकारीमा रकम बचत गर्नेहरूको ग्यारेन्टी हुनुपर्छ : सभापति देउवा
काठमाडाैं, माघ २० :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम बचत गर्नेहरूको रकमको ग्यारेन्टी हुनुपर्ने बताएका छन्।  पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आम नागरिकहरूले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा बचतकर्ताहरू पीडित भएको बताए ।

वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको भन्दै उनले सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको समेत बताए ।

कांग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रूपमा बिस्तार गर्न लागिपरेको उनले बताए । सरकारले समयानुकूल सहकारी मैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको सभापति देउवाको भनाइ थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार