सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति

०८४ को चुनावअघि नै महाधिवेशन नगरी सुखैछैन : महामन्त्री थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
०८४ को चुनावअघि नै महाधिवेशन नगरी सुखैछैन : महामन्त्री थापा
काठमाडाैं, माघ २० :

नेपाली  कांग्रेसका महामन्त्री  गगन थापाले  २०८४ को चुनावअघि नै पार्टीको महाधिवेशन गर्नुको कुनै विकल्प नभएको बताएका छन्।

शनिबार आयोजित पार्टीको काठमाडौँ महानगरपालिका– ७ को सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

चुनावपछि महाधिवेशन सार्न संविधानले पनि नदिने भन्दै थापाले आमनिर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्ने आवश्यकतामा जोडदिएका हुन् ।

केही नेताहरुले चुनावपछि पनि महाधिवेशन गर्दा हुने भनेर बोलेको तर्फ इङगीत गर्दै उनले अधिवेशन सार्न संविधानले पनि नदिने तर्क गरे। 

अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्ने थापाको जिकिर थियो ।

‘महाधिवेशन सार्न संविधानले पनि दिँदैन उनले भने,  ‘एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार