सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

न्यायपरिषद् सदस्यमा खड्काको नाम अनुमोदित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
न्यायपरिषद् सदस्यमा खड्काको नाम अनुमोदित
काठमाडौं, माघ २१ :

न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन भएको छ ।

सुनुवाई समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपानेले  नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको बताइन्।

सदस्यमा सिफारिस खड्काले छिटो छरितो न्याय सम्पदानका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताए।


नेपाल बार एसोसिएसनले संसदीय सुनुवाईको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस गरेको थियो ।न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ।

 ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एशोसिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार