काठमाडौं, माघ २२ :

युवा व्यवसायी तथा गीतकार विपिन श्रेष्ठको ‘सुन्दर तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘डेकेन्द्र प्रडक्सन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत र डीकेको स्वर रहेको छ ।

एबिस फिल्म्सको छायाकन रहेको भिडियोलाई अभिष थापाको निर्देशनमा तयार पारिएको हो । भिडियो म्याग्दीको बेनी बजारवरपर छायांकन गरिएको हो । म्याग्दीको बेनी बजार, प्राकृतिक सौन्दर्य साथै सांस्कृतिक समृद्धिका कारण प्रसिद्ध छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित यो सहर, केवल भौगोलिक सौन्दर्यमा मात्र नभई, कला र संगीतको उर्वरभूमिका रूपमा पनि परिचित छ । भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ ।