बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

सरस्वती पूजामा माओवादी प्रवेश, अध्यक्ष दाहालले गरे स्वागत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
सरस्वती पूजामा माओवादी प्रवेश, अध्यक्ष दाहालले गरे स्वागत
काठमाडौं, माघ २२ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज (सोमबार) सरस्वती पूजाका दिनमा अन्य पार्टीका नेता-कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका छन् ।

आफ्नो निवास खुमलटारमा आमजनता पार्टी (आजपा) का केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिकलगायत विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने नेता-कार्यकर्तालाई स्वागत गरे ।

पार्टी प्रवेश गर्नेमा आजपाका स्थायी समिति सदस्य एवं पर्सा इन्चार्ज कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य सत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरु अफताब अहमद, सजीव गुप्ता, दिलीप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरु सुनील मोदी, नूर मियाँ, सोनालाल मण्डल, चुनु महतोलगायत रहेको दाहालको सचिवालयले जनाएको छ ।

पार्टी प्रवेश कार्यक्रममा सबैलाई स्वागत गर्दै अध्यक्ष दाहालले देशव्यापी रुपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गरे । उनले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए ।

विचार मिल्ने विभिन्न धारासँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब नै पुग्ने धारणा राखे । नवप्रवेशी बाबुराम कौशिकले आफूहरुले पार्टीलाई माओवादी केन्द्रसँग एकताका लागि दबाब दिए पनि ढिलाइ भएकाले आफूहरु प्रवेश गरेको जानकारी दिए । उनले माओवादी आन्दोलनबाट विभक्त भएका कुनै पनि समूहले सफलता प्राप्त गर्न नसकेको र ढिलोचाँडो सबै माओवादी केन्द्रमा समाहित हुने धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार