
काभ्रे, माघ २२ :
काभ्रे पाँचखालमा किसानहरुले उत्पादन गरेको काउली बिक्रि हुन सकेको छैन ।
आफूले उत्पादन गरेका काउली बिक्री नभएपछि किसानहरु यतिबेला समस्यामा परेका छन् ।
काउली खेतमै सुक्ने हो कि भन्ने चिन्तामा काभ्रेका किसानहरु छन् । काउली बिक्री नभएपछि करीब ४० केजी अट्ने एक झोला काउली सय रुपयाँमा बेच्न बाध्य छन् किसानहरु ।
राजधानीसंग जोडिएको जिल्ला भएकोले पनि काभ्रेका किसानहरुले व्यवसायिक रुपमा नै काउली खेती गर्दै आएका छन् । काठमाण्डौं उपत्यकामा खपत पनि बढी हुने गर्दछ ।
काउली किन्न व्यापारी नआएपछि अब लगाउने खेतिका लागि आवश्यक पर्ने मल,बिउ लगायत खरिद गर्न समेत समस्या पर्ने किसानहरु बताउछन् ।