काठमाडौं, माघ २३ :

अघिल्लो दुई दिन लगातार बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने घटेको छ । नेप्से आज १४ दशमलव शून्य आठ अंकले घटेर २७ सय १५ दशमलव ९१ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अंकले घटेर चार सय ५७ दशमलव १२ अंकमा झरेको छ । नेप्सेमा आज ३१५ कम्पनीको ९० हजार दुई सय दुई पटकको कारोबारमा एक करोड ६९ लाख १७ हजार आठ सय ३५ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार सात सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा जलविद्युत् समूहको सूचक ६ दशमलव शून्य नौ अंकले बढेर तीन हजार आठ सय ३६ दशमलव ५१ अंकमा चढेको छ । अन्य समूहको सूचक पनि नौ दशमलव २७ अंकले बढेर २१ सय ३६ दशमलव ४३ अंकमा चढेको छ ।

यीबाहेक वाणिज्य बैंक समूहको सूचक भने सात दशमलव ८६ अंकले घटेर १३ सय ६७ दशमलव ५४ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय ५६ दशमलव ८७ अंकले घटेर पाँच हजार आठ सय ६८ दशमलव ६३ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ४३ दशमलव ९९ अंकले घटेर २५ सय ३६ दशमलव शून्य पाँच अंकमा झरेकामा जीवन बिमा समूहको सूचक ३२ दशमलव ५२ अंकले घटेर १३ हजार दुई सय २९ दशमलव २१ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ७६ दशमलव २४ अंकले घटेर १३ हजार एक सय ५५ दशमलव ४४ अंकमा झरेको छ । होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः एक सय २४ दशमलव ६९, शून्य दशमलव ५४, ८३ दशमलव २३, शून्य दशमलव ११ र २३ दशमलव २० अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने आज नेपाल एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।