काठमाडौँ, साउन ३२ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्की सहितको समुहले हैजा महामारीका रुपमा फैलिन सक्ने भन्दै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ ।

देशभरि हैजाको सङ्क्रमण बढिरहेको भन्दै रास्वपा सांसदहरुले संघीय संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरी सभामुख समक्ष पेश गरेका हुन्। प्रस्तावमा तत्काल सम्बन्धित मन्त्रालयलाई संसदमार्फत ध्यानाकर्षण गराई नियन्त्रणका आवश्यक कार्यहरू थाल्न आग्रह गरिएको छ ।

हैजा महामारीका रुपमा फैलिएमा नियन्त्रण गर्न कठिन हुन सक्ने र धेरै व्यक्तिहरुको ज्यान समेत जान सक्ने हुदा समयमै प्रभावकारी कार्यक्रमहरु गरी यसलाई निराकरण गर्नु आवश्यक देखिएको सांसद डा. कार्कीको भनाई छ।