सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश कोसी प्रदेश

गोली प्रहार गरी भारतीय दुई लागुऔषध कारोबारी पक्राउ, एक घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
गोली प्रहार गरी भारतीय दुई लागुऔषध कारोबारी पक्राउ, एक घाइते
झापा, माघ २४ :

झापाको कनकाई नगरपालिका- ४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

मङ्गलबार राति भारतको बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । 

उनीहरूले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरूमथि गोली चलाउनु परेको उनले बताए ।

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । 

उनीहरुको साथमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार