काठमाण्डौं, साउन ३२ :

सिन्धुलीमा जिप दुर्घटनामा थप १ जनाको मृत्यु भएको छ । यो संगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।