काठमाडौं, माघ २५ :

काठमाडौँको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परेर १४ जना घाइते भएका छन् ।

आज (बिहीबार) बिहान भएको विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार घाइते ११ जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । दुई जनाको अवस्था सिकिस्त छ ।

तीनजना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सानदार मःम पसलमा खाना बनाउने ग्यास सिलिन्डर पड्किएको र घाइते हुनेहरुमा पसलका कामदारहरु रहेको जनाइएको छ ।

सिलिन्डर विस्फोट हुँदा घरको सिलिङसमेत भत्किएको छ ।

यो पनि…

कमलपोखरीको म:म पसलमा सिलिन्डर विस्फोट, १४ जना घाइते (तस्बिरसहित)