बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

सरकारलाई माओवादी अध्यक्ष दाहालको प्रश्न- सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
सरकारलाई माओवादी अध्यक्ष दाहालको प्रश्न- सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
काठमाडौं, माघ २५ :

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरे ।

सरकारले संसद् अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्याएको उल्लेख गर्दै उनले आपत्ति जनाए । ‘माघ ८ गते संसद्‌को बैठक आह्‍वान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँच-पाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक,’ दाहालले भने, ‘पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईंहरु पनि अब विकासको हाजी हुनुभएको हो ?’

रातारात चोरबाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत सही नभएको उल्लेख गर्दै उनले थपे, ‘अरु बेला संसद्‌मा दुईतिहाइको घमण्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसद्‌को अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डर मात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।’

यी अध्यादेशहरु विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो भन्ने प्रश्न गर्दै उनले सोधे, ‘संसद्‌मा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? सरकार र संसद्‌ले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिन्छ जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रक्रिया पार गर्नुपर्छ । देश र जनताका लागि सोचेको भए तपाईंहरु संसद्‌सँग डराउनुहुने थिएन । स्वार्थसमूहहरुलाई पोस्नुपर्ने भएकैले तपाईंहरुले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार